मान्छेको पुर्खाबारे वैज्ञानिकको नयाँ खुलासा

लोकपाटी न्यूज
10 Shares

एजेन्सी। करिब एक शताब्दीभन्दा पनि अगाडि स्कटल्याण्डको खानीबाट अनौठो जीवाश्म उत्खनन गरियो। उक्त अवशेष दाँत नभएको इल माछा जस्तै एउटा जीवको थियो। वैज्ञानिकहरूले उक्त जीवलाई प्यालियोस्पोन्डीलस गुन्नी नाम दिएका थिए।

त्यसको १ सय ३० वर्षपछि हाइ रिजोलुसन इमेजिङको प्रयोग गरी शोधकर्ताहरूले अन्ततः सोही रहस्यमय माछा नै मानिसको सबैभन्दा पुरानो पुर्खामध्ये एक रहेको दाबी गरेका छन्। यो सम्बन्धी रिपोर्ट नेचर जर्नलमा प्रकाशित भएको छ।

टोकियो विश्वविद्यालयका जीवाश्म वैज्ञानिक तथा शोधकर्ता तत्सुया हिरासावाका अनुसार उक्त रहस्यमाया माछा झनै रहस्यमय बन्नुका कारण एउटा निके सानो आकार र जीवाश्मले आफ्नो आकारलाई निकै नै खुम्चाएको हुनु हो। यसअघि वैज्ञानिकहरूले उक्त माछा आजभन्दा करिब ३९ करोड ८० लाखदेखि ३८ करोड ५० लाख वर्ष अगाडिसम्म पाइने गरेको बताउँथे। उक्त माछामा राम्रो प्रकारको विकसित पखेटा थियो तर हातखुट्टा थिएन।

उक्त माछाको दाँत पनि थिएन जबकि अधिकांश ढाड भएका जनावरमा दाँत हुने गर्दछ। शोधकर्ता हिरासावा र हुले माइक्रो कम्प्युटेड टोमोग्राफी स्क्यानिङ प्रविधिको सहयोगमा यो माछाको हाइ रिजोलुसन डिजिटल तस्बिर तयार पारेका छन्।

यो माछाको भित्री लकानमा अर्ध वृत्ताकार सुरुङहरू रहेका जुन आजकलका माछा, पंक्षी तथा स्तनधारी जनावरमा पनि हुने गर्दछन्। यो जीव सबै खालका चार हातखुट्टा भएका जीवको पूर्वज हुनसक्ने वैज्ञानिकको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्