यी हुन् मन्त्रिपरिषद्का १९ निर्णय

cabinet_deuba_meeting
लोकपाटी न्यूज
13 Shares

काठमाडौं। सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन्।

त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिव ३६ करोड ६२ लाख बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ। प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए।

प्रवक्ता कार्कीले सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा.सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

प्रवक्ता कार्कीले सरकारले दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको बताए।