एसपीपीबारे संसदीय समितिले छलफलका लागि प्रधानसेनापतिलाई बोलायो

लोकपाटी न्यूज
2 Shares

काठमाण्डौ – नेपाल र अमेरिकाबीच भएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीको सत्यरतथ्यबारे छलफल गर्न भोलि शुक्रवार प्रधानसेनापति प्रभुराम खड्कालाई बोलाएको हो । अमेरिकी सैन्य गतिविधिसँग सम्बन्धित एसपीपी सम्झौता भएको वा नभएको विषयमा फरक–फरक विवरण सार्वजनिक भइरहेको बेला समितिले भोलि बिहान ९ बजे आधिकारिक व्यक्तिहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिका भ्रमणको विषय पनि समावेश छ । यसका लागि पराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई समितिले बोलाएको छ ।

नेपाल र अमेरिकाबीच भएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीको सत्यरतथ्यबारे छलफल गर्न भोलि शुक्रवार प्रधानसेनापति प्रभुराम खड्कालाई बोलाएको हो । अमेरिकी सैन्य गतिविधिसँग सम्बन्धित एसपीपी सम्झौता भएको वा नभएको विषयमा फरक–फरक विवरण सार्वजनिक भइरहेको बेला समितिले भोलि बिहान ९ बजे आधिकारिक व्यक्तिहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्