सहमतिपछि पूर्व म्यादी प्रहरीको शव उठ्यो

लोकपाटी न्यूज
2 Shares

चितवन । बाघको आक्रमणबाट मृत्यु भएकी पूर्व म्यादी प्रहरीको शव पोस्टमार्टमको लागि प्रहरीले उठाएको छ । बाघलाई नियन्त्रणमा लिने चितवन निकुञ्जले सहमति जनाएपछि स्थानीयले अवरोध गरेका छन् ।

भरतपुर २७ मेघौलीका स्थानीयले बाघको आक्रमणबाट २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतको मृत्यु भएको छ । उनको शव उठाउन स्थानीयले अवरोध गरेका थिए ।

उनीहरूले नरभक्षी बाघलाई नियन्त्रणमा नलिएसम्म बस्नेतको शव उठाउन नदिने जनाएका थिए । अन्ततः बाघलाई नियन्त्रणमा लिने सहमति जनाएपछि शव उठाइएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए ।

मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा साथीहरूसँग निउरो टिप्न गएकी २३ वर्षीय बस्नेतलाई बाघले आक्रमण गरेको थियो । नेपाली सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्