यौन दुर्व्यवहार गरेको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा

samir balami pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन्। रंग पत्रकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै राजीनामा दिएका हुन्।

संघका महासचिव बलामीले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे उनले दिएको राजीनामा चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले स्वीकृत गरेको संघले जनाएको छ। रंग पत्रकार रीना मोक्तानले आफूलाई ६ वर्ष अघि बलामीले यौन दुव्र्यबहार गरेको आरोप लगाएकी छन्।

उक्त घटना केही दिन अघिमात्रै सार्वजनिक भएको थियो। मोक्तानलाई चलचित्र पत्रकार संघले चलचित्र पुरस्कार दिने निर्णय गरेको थियो। तर पुरस्कार दिने सिफारिस समितिमा ६ वर्ष अघि आफूलाई यौन दुव्र्यबहार गर्ने व्यक्ति सिफारिस समितिमा रहेपछि उनले संघले दिने पुरस्कार नदिने घोषणा गरेकी थिइन्।

पुरस्कार नलिने घोषणा गर्नुको कारण समेत खुलाएकी थिइन्। आफूमाथि भएको दुव्र्यवहारबारे खुलाएपछि संघले उक्त घटनाको छानविन गर्न समिति समेत बनाएको थियो।

ppp

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्