कैलालीमा मोटरसाइकल पल्टिँदा रावलको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
5 Shares

कैलाली। कैलालीको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाजुराको सपट्टा १ का ३७ वर्षीय हिक्मत बहादुर रावलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्