बालिका बलात्कार गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
5 Shares

रोल्पा। एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्। बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

केसी ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए। केसी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्