विश्वको शान्तिप्रिय देशको सूचीमा नेपाल कति औं स्थानमा ?

global peace index
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। विश्वको सबैभन्दा शान्तिप्रिय देशको सूचीमा नेपाल ७३ औं स्थानमा उक्लिएको छ। ग्लोबल पिस इन्डेक्सले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो।

विश्वका १ सय ६३ स्वतन्त्र राष्ट्रको सार्वजनिक गरिएको तथ्यांकमा सबै भन्दा अशान्त देश अफगानिस्तान परेको छ। आइसल्याण्ड पुनः सबै भन्दा शान्तिप्रिय देश बन्न सफल भएको छ।

दोस्रो स्थानमा न्यूजिल्यान्ड र तेस्रोमा आयरल्यान्ड छन्। आइसल्यान्ड र न्यूजिल्यान्ड गत वर्ष पनि पहिलो र दोस्रो स्थानमा रहेका थिए। यता, आयरल्यान्ड गत वर्ष आठौं स्थानमा थियो। अशान्त देशहरुमा अफगानिस्तानपछि यमन र सिरियाको नाम उल्लेख छ।

युक्रेन युद्धमा होमिएको रुस चौंथो अशान्त देश बनेको छ। शान्तिप्रिय देशमा डेनमार्क चौंथो, अस्ट्रिया पाँचौ, पोर्चुगल छैटौं, स्लोभानिया सातौं, चेक गणराज्य आठौं, सिङ्गापुर नवौं र जापान दशौं स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्