बुटवल–बर्दघाट सडकखण्ड अवरुद्ध

sadak-awarrudda
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। बिहीबार राति परेको वर्षापछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–बर्दघाट खण्ड अवरुद्ध भएको छ। बाढीले रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति र्पुयाएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो।

त्यस्तै, पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

खोलामा पानीको मात्रा घटेपछि मात्रै डाइभर्सन बनाउन मिल्ने भएकाले सडक खुल्न केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गत वर्ष तुरिया खोलाको फलामे पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्