कम्युनिष्टहरूलाई फेरि एकजुट गर्ने अभियानमा लाग्छु : वामदेव गौतम

Bamdev_Gautam
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिष्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने बताएका हुन्।

‘एकीकरण भएको कम्युनिष्ट पार्टी तीन टुक्रा हुन पुग्या छ। म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु,’ उनले भने,‘केही समयमा घोषणा गरेर लाग्नेछु। सफल हुन्छु हुन्नँ थाहा छैन।’

एकीकृत पार्टी विभाजन भएपछि आफू नेपालको कुनैपनि पार्टीमा नरहेको बताउँदै उनले आफ्नो विचार कम्युनिष्ट पार्टी एक हुनुपर्ने छ भन्ने रहेको बताए। कम्युनिष्ट पार्टी एक होस् भनेर नै आफूले कुनै नेताका बारेमा पनि आलोचना नगरेको सांसद गौतमले बताए। तर, त्यो आफ्नो स्वभावभन्दा भिन्न भूमिका रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्