भीरबाट खस्दा स्कुल हिँडेकी शिक्षिकाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
4 Shares

नुवाकोट। नुवाकोटमा स्कुल हिँडेकी शिक्षिकाको भीरबाट लडेर मृत्यु भएको छ। शुक्रबार तादी गाउँपालिका–४ स्थित घिरौंले भिरबाट लडेर सुन्दरामा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको मृत्यु भएको हो।

स्कुटीमा सवार आचार्यको शव तादी खोलामा भेटिएको प्रहरीले जनाएको छ। दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटार घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन्। उनको स्कुटर पनि खोलामा फेला परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्