संगठन विस्तारमा जुट्यो एकीकृत समाजवादी

ncp-united-socialist-yakikrit-samajbadi
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले संगठन विस्तार र सदस्यता वितरणलाई तिव्रता दिने भएको छ। बिहीबार बसेको एकीकृत समाजवादीको संगठन विभागको बैठकले असारदेखी भदौसम्म संगठन विस्तारमा जोड दिने निर्णय गरेको हो।

पार्टीको संगठनविभाग प्रमुख तथा महासचिव डा. वेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले अन्तरसगठन निर्देशन जारी गर्दै सबै जिल्ला तथा प्रदेश कमिटीहरुलाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय परिषद्लाई पूर्णता दिनका लागि पार्टीको विधानको धारा २६ (क)  र ८ अनुसार सदस्यहरुको नाम आगामी असार ७ गतेभित्र पठाउन सबै जिल्ला-विशेष र जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ। भने धारा (२६ को ९, १) र ११ अनुसार नाम पठाउन मोर्चारजनसंगठनलाई निर्देशन दिने निर्णय गरेको छ।

केन्द्रीय परिषद्को सदस्य चयन गर्दा पार्टी विधानमा तोकिएको योग्यता पुगेकाहरुबाट नाम चयन गरि पठाउनुपर्ने र नाम पठाउँदा सम्बन्धित संघीय निर्वाचन क्षेत्र तथा मोर्चाबाट पहिले नै प्रतिनिधित्व भइसकेको भएमा भने त्यसैलाई कायम गरिने बताइएको छ। तर पार्टी एकता प्रक्रियाबाट आएकाहरुको हकमा भने उक्त कुरा लागू नहुने बताइएको छ।

ekkrit-samajbadi