मन्त्री आलेलाई गाली शिरोमणिको उपाधिले विभूषित गरियोस् : एमाले सांसद रावल

jhapad rawol
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। एमाले सांसद झपट रावलले संस्कृति मन्त्री आलेको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा रावलले आफ्नै मातहतका कर्मचारीलाई गाली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिन एमाले सांसदले माग गरेका हुन्।

‘सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले कहिले सर्वसाधारण र कहिले मातहतका कर्मचारीप्रति बोलिएका शब्द र व्यहोराले हाम्रो सभ्यतालाई बेइज्जत गरेको छ।

यस्ता गाली शिरोमणिलाई मन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषित गरियोस्,’ रावलले भने। मनत्री आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई कार्यकक्षमा दुव्र्यवहार गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्