युएईमा दुर्घटनामा परि मृत्यु भएका भुसालका परिवारलाई आर्थिक सहयोग

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । युएईमा दुर्घटनामा परि मृत्यु भएका चन्द्रकान्त भुसालको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । युएईमा रहेका नेपालीहरुले दुर्घटनामा परि मृत्यु भएका भुसालको परिवारलाई २ लाख २७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

बेउलीबास दाजु भाई ग्रुप युएई तथा पर्वत सेवा समाज युएईको सहकार्य तथा पर्वत सेवा समाज युएईका प्रथम उपाध्यक्ष पूर्ण भुसालको संयोजकत्वमा संकलन गरि उक्त रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम भुसालकी श्रीमती कीर्तिका शर्मा भुसाल (ढका कुमारी न्यौपाने) लाई असार ३ गते २ लाख २७ (दुई लाख सत्ताईस हजार) पर्वत सेवा समाजका प्रथम उपाध्यक्ष पुर्ण भुसाल, समाजसेवी नवराज भुसाल तथा भरत भुसालसहितले उक्त रकम हस्तान्तरण गरेका थिए ।

पर्बतको पैयु गाउपालिका ३ बेउलीबास निबासी भुसालको युएईस्थित अल ऐनमा सडक दुर्घटनाम परि उपचारको क्रममा गत मंसिर २१ गते निधन भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्