आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। आज (शनिबार)  बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भू-भगमा भने आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ।बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ।साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्