पोर्चुगलमा एक नेपालीको निधन

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
7 Shares

लिस्बन। वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ। विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो।

सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए।

कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन्।-रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्