ड्राइभिङ लाइसेन्सका लागि अर्काको परीक्षा दिने खड्का पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि अर्काको परीक्षा दिने एक जना पक्राउ परेका छन्। अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।

आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिने क्रममा उनी पक्राउ परेका हुन्। थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित प्रयोगात्मक परीक्षामा उनी सहभागी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्