सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

Rape-01
लोकपाटी न्यूज
5 Shares

दाङ। दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन्। तुलसीपुर उपमहनगरपालिका–५ की २५ वर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीमाथि बलात्कार गरेको २ जना आरोपी फरार भएका छन्।

बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन्। अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्