२०२२ को मिस नेपालको ताज प्रियंका जोशीलाई

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्।

शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्। उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले तास लगाइदिएकी छन्।

यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गर्ने गरेका थिए। द हिडन ट्रेजरले यही उक्त प्रतिस्पर्धाको आयोजना गरेको हो।