सल्यानमा जन्ती बोकेको जिप दुर्घटना

Accident-1
लोकपाटी न्यूज
5 Shares

सल्यान। सल्यानमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जिप शनिबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्