नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर सहचालक बेपत्ता

muglin-narayanghat pic 3
लोकपाटी न्यूज
10 Shares

चितवन। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्। काठमाडौंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक गए राति चिप्लिएर खोलामा बेपत्ता भएका हुन्।

कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला सो घटना भएको चितवन प्रहरीले जनाएको छ।बोहराको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। बोहराको टोपी र चप्पल भने भेटिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्