डुम्रे-बेसिसहर सडकखण्ड अवरुद्ध

dumre-sadak
लोकपाटी न्यूज
5 Shares

तनहुँ। डुम्रे-बेशिसहर सडक खण्ड अन्तरगत जिल्लाको भानु नगरपालिका-८ काफ्ले फाँटमा सडक भासिदा यातायात अवरुद्ध भएको छ।शनिबारको आविरल वर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको स्थानीय सीताराम बजगाईले जानकारी गराएका छन्। सडक अवरुद्ध हुदाँ गन्तव्यतर्फ हिडेका यात्रु सडकमा अलपत्र परेका छन्। भासिएको सडक मर्मत गर्न समय लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्