सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु, ७ जना घाइते

लोकपाटी न्यूज
5 Shares

सर्लाही। सर्लाही जिल्लाको दक्षिण पश्चिम क्षेत्र धन्कैलमा भएको कार दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।
सर्लाहीको छतौनाबाट छठियारको भोज खाएर घर फर्कदै गर्दा उनीहरु सवार भारतीय नम्बर प्लेट भएको बिआर ०५ एआर ५१३७ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–४, निवासी चार बर्षका गम्भिर यादव रहेको प्रहरीले जनाएको छ। यादवको घटनास्थलमै मृत्यु भएको हो । जिपमा चालक सहित नौ जना सवार रहेको प्रहरीले जनाएको छ। घटनामा परेर वृन्दावन नगरपालिका–४ निवासी ७० बर्षका महेन्द्र राय, ४ बर्षका अमित कुमार यादव, १४ बर्षकी मिरा कुमारी यादव, ३२ बर्षका जितेन्द्र कुमार यादव, १७ बर्षकी सोभा कुमारी यादव, १० बर्षका गौतम यादव र ६ बर्षका अनिकेत यादव घाईते भएका छन्।

ईलाका प्रहरी जिप्यलय बरहथवाका अनुसार घाईतेमध्ये बृद्ध रायको अवस्था गम्भिर रहेको छ। उनको शरिरको विभिन्न भागमा चोट लागेको तथा बायाँ खुट्टाको तिघ्रा समेत भाँचिएको प्रहरीले जनाएको हो।

मृतक बालक र सात जना घाईते एकै परिवारको हुनसक्ने प्रहरीको आशंका छ। घाईतेहरु मध्ये छ जना अवस्था सामान्य छ। उनीहरूको बरहथवा स्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्