पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउँछन् : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका छन्।

आइतबार पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने दाबी गरेका हुन्।

अध्यक्ष प्रचण्डले संघीयता उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेकाले सजक रहन कर्मचारीलाई आग्रह गरे। उनले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्