अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन्। बैठक बिहान १० बजेका लागि समितिको सभाकक्षमा बोलाइएको थियो।

बैठकमा नेपालको परराष्ट्रनीति कार्यान्वयनको सन्दर्भमा र प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिकी भ्रमणको सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको थियो। साथै अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीसी) बारे छलफल गर्न पनि समितिले प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो।

समिति सभापति पवित्रा निरौला खरेलले आज बिहान ८ बजे मात्र प्रधानमन्त्री नआउने जानकारी आएको बताइन्। उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले आउन नसक्ने जानकारी गराएको बताइन।