अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

muglin-narayanghat pic 3
लोकपाटी न्यूज
4 Shares

चितवन। चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा शनिबार राती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ। प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक दुईतर्फी खुलाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटाइएको थियो। सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्