सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

satta--gathabandan-pic 1
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन्।

यो सम्झौता बाहिर आएपछि बल्ल गठबन्धनका दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। अमेरिकी सैनिकले गरेको प्रस्तावप्रति गठबन्धनका दलहरु असन्तुष्ट छन्।

कांग्रेसबाहेक सत्ता गठबन्धनका चार दल एसपीपी सम्झौता हुन नहुने पक्षमा छन्। प्रधानमन्त्रीले तत्काल गठबन्धनको बैठक राख्नुपर्ने र यसबारे प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए।सत्तारुढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए।