एसपीपीबारे डकुमेन्ट्स बेवास्ता नगरी खोज्न आवश्यक : प्रदिप ज्ञवाली

pradip kumar gayali
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले सार्वजनिक भएको १० बुँदे सम्झौता लेखिएको डकुमेन्ट्स बेवास्ता नगरी उद्गमस्थल खोज्न आवश्यक भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

ज्ञवालीले भने, “सैनिक साझेदार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सन् २०१५ देखि २०१९ सम्म भएको घटनालाई एक तवरले, २०१९ मा इन्डो प्यासिफिक रणनीतिको अंग बन्ने भन्ने प्रस्ताव आएपछि तत्कालीन सरकार र सेनाले गर्न मिल्दैन भनेर रोकेको अवस्था र एसपीपी डकुमेन्ट भन्दै सार्वजनिक १० बुँदे सम्झौतालाई राम्ररी हेर्नुपर्छ।” ज्ञवालीले विकसित घटनाक्रमलाई तीन तहमा हेर्नुपर्ने बताए।