सुनवलमा एक पुरुषको शव फेला

pic-sunwol
लोकपाटी न्यूज
6 Shares

रमेश भुसाल/ पश्चिम नवलपरासी, ५ असार। पश्चिम नवलपरासीको सुनवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सुनवल ३ आसामबासीका दिपक भुसाल रहेको प्रहरीले जनाएको छ। साझपख सुनवल १० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यलय सुनवललाई खबर गरेका थिए।

शव भएको स्थानमा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख विष्णु प्रसाद पौडेल सहितको टोली र जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान तथा मृत अवस्थामा फेला परेका व्यक्तिका बारेमा खोजतलास गर्दा सुनवल ३ आसमबासी बस्ने मृत भुसालकै दिदी माया न्यौपानेबाट सनाखत भएको प्रहरीले जनाएको छ।

भुसालको मृत्युबारे अनुसन्धान भैरहेको र शव पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ। करिब ५०/५५ वर्षीय अविवाहित मृतक भुसालको दाजुभाइ परिवारसहित भारतमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्