काठमाडौं। नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तुरुन्त कार्यान्वयन हुनुपर्ने बताएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सो कुरा उठाइएको आफ्नो पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए।
मन्त्री फेर्ने निर्णय हाम्रो पार्टीले गरिसकेको छ। त्यसको कुनै विकल्प छैन, बैठकमा पार्टीको तर्फबाट राखिएको धारणा सुनाउँदै खनालले भने,त्यसको तुरुन्त कार्यान्वयन हुनुपर्छ। प्रधानमन्त्रीले पनि एकीकृत समाजवादीको सो चासोमा सहमति जनाएको खनालले बताए।