प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न हुँदैन : मिन विश्वकर्मा

Min_Biswakarma
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई फाइदा भएको बताएका छन्। आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने बताएका हुन्।

नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताए। विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उनले बताए। २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेले धेरै समस्या झेल्नुपरेका कारण १८ वर्ष बनाउनुपर्ने उनको भनाई छ।

‘विवाह भनेको व्यक्तिहरूबीच स्वतन्त्र सहमति हो। यो विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो र जीवनसाथी छान्न पाउने अधिकार व्यक्तिमा निहित रहँदा पनि उमेरका कारणले दण्डित हुनुपर्ने कानुन न्याय संगत छैन’ उनले भने, ‘हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरिएका कारणले मातृ मृत्युदर र बाल मृत्युदर न्युनिकरण भएको हो’ उनले भने, ‘विवाहको कानुनले मात्रै यो समस्या न्युनिकरण भएको होइन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्