सैन्य रणनीतिमा नेपाल सहभागी हुँदैन : माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा कुनै शंका नगर्न आग्रह गरेका छन्। आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले फिर्ता लिने विषयमा भने विस्तृतमा छलफल भइनसकेको बताएका हुन्।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई नेपालको हितमा आगाध पुग्ने कुनै पनि कागजमा दस्तावेजमा म बाट सही हुनेछैन भनेर प्रष्ट शब्दमा भनेको बताए। अध्यक्ष नेपालले सैन्य रणनीतिमा नेपाल सहभागी नहुने उनले बताए।

उनले आफ्नो पार्टीभित्र संगठन विस्तारको काम चलिरहेको जानकारी गराए। ‘६ हजार ७४३ वडामा संगठन विस्तार र बुथ कमिटी जुटाउन निर्देशन दिएका छौं,’ उनले भने।

अध्यक्ष नेपालले आफ्नो पार्टीसँग पर्याप्त मात्रामा कार्यकर्ता रहेको दाबी गरे। ‘संख्या कम छैन। संगठन निर्माणमा ध्यान पुग्न सकेको छैन। कति मत प्राप्त गरेका छौं भन्ने विश्लेषण गरिरहेका छौं,’ उनले भने, ‘आज स्थानीय तहमा जित संख्यामा कम देखिए पनि भोलि क्रमिक रुपमा संख्या बढ्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्