आइटी विज्ञ अधिकारी प्रदेश समितिको सदस्यमा चयन

लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन्। उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधि विभागमा केन्द्रीय सदस्यमा पनि कार्यरत छन्।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सूचना र प्रविधिको क्षेत्रमा अझ बढी योगदान पुर्‍याउन अनुरोध गरेको छ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित भएकोमा सो समितिका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाई सूचना र प्रविधिमार्फत सफल पार्न भूमिका अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्