काठमाडौं महानगरले हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

नीति तथा कार्यक्रममा के–के छन् ? (पूर्णपाठसहित)

लोकपाटी न्यूज
3 Shares

काठमाडौँ महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनमा मेयर बालैन्द्र साहले २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

उनले संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्धहरुको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले प्रत्येक हप्ताको आइतबार महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने जनाए। प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने पनि मेयर शाहले बताए।

महानगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गर्ने भएको छ। नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडा कार्यालयमार्फत सरकारले उपलब्ध गराउने औषधि निःशुल्क दिने सहजीकरण गर्ने भएको छ।

महानगरको विशेष भत्ता योजना ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार निरन्तरता दिएको छ। ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ।

क वर्गका अपांगलाई वार्षिक ३ हजारबाट ६ हजार पु¥याइने भएको छ। अपांगमैत्री एटीएम मेसिन चलाउन बैंकसँग समन्वय गर्ने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्