काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले मिडफिल्डर फाबियो भिइरालाई अनुबन्ध गर्ने भएको छ ।
आर्सनलले पोर्चुगिज मिडफिल्डरलाई पोर्टोबाट अनुबन्ध गर्न लागेको हो । पोर्टो आर्सनललाई फाबियो बेच्न राजी भएको बीबीसीले जनाएको छ ।
२२ वर्षीय मिडफिल्डरले गत सिजन २७ खेलमा ६ गोल र १४ असिस्ट गरेका थिए । फाबियोले पोर्चुगलको सिनियर टोलीका लागि खेलेका छैनन् ।
तर उनी युरोपियन यू(२१ च्याम्पियनसिपममा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।