मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशकाकेही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुनेछ । साथै प्रदेश-१ का केही स्थानमा स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्