समाजसेवी गुरुङद्वारा धरान उपमहानगरपालिकालाई सरसफाइ सामग्री सहयोग

Isha Harka-pic
लोकपाटी न्यूज
5 Shares

धरान। बेलायतमा बस्दै आएकी इशा गुरुङले धरान उपमहानगरपालिकालाई एक लाख बराबरको डस्टबिन सहयोग गरेकी छन्। हर्क सान्पाङ जस्ता इमानदार र जनताप्रति जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्नेमा इशा गुरुङ जोड दिइन्।

लामो समयदेखि गुरुङ बेलायतमा बस्दै आएकी छन्। देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आएकी गुरुङ सामाजिक सञ्जालमा पनि चर्चामा रहने गर्छिन्।

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थीहरुलाई कपि कलम वितरण गरेकी थिइन्। गुरुङको समाजसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न्। कास्की जिल्लामा जन्मिएकी गुरुङ समाजसेवीका रूपमा देश विदेशमा चर्चित छन्।