एसपीमा बढुवा गर्न सशस्त्रका ३७ डिएसपीको नाम सिफारिस (सूची)

Armed-Police-Force-Nepal
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। आइतबारको बसेको बढुवा समितिको निर्णयले ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो। सशस्त्रमा रिक्त पदमा पदपूर्ति गर्न ३७ जना डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको हो।

एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोपबहादुर डाँगी पहिलो नम्बरमा छन्। बढुवा सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्