खेलकुद बुझ्ने व्यक्ति सिंहदरबारमा छैनन् : खेलकुदमन्त्री

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन्। प्राकृतिक हिसाबले देश सुन्दर भएकाले त्यसको उपयोग खेलकुद मार्फत गर्नुपर्ने बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाको उद्घाटन सत्रमा मन्त्री गहतराजले खेलकुदलाई राज्यले प्राथमिकतामा नराखेको पनि बताए। ‘नेपाल प्राकृतिक रूपले राम्रो देश छ। यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लबिङ गर्न आवश्यक छ,’ मन्त्री गहतराजले भने।

मन्त्री गहतराजले खेलकुदको विषय सिंहदरबार भित्र बुझ्ने मान्छे नभएको बताए। त्यसैले नै नेपाली खेलकुद बजेटको हिसाबले उपेक्षामा परेको बताए। ‘खेलकुदको विषय बुझ्ने सिंहदरबारमा छैनन्। खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ। सिंहदरबारमा रहने व्यक्तिले यो कुरा बुझ्नु पर्ने हुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्