पेशागत आन्दोलनले अब तीन ‘अ’ विरुद्ध संघर्ष गर्छ : प्रेमलकुमार खनाल

premalkumar khanal
लोकपाटी न्यूज
10 Shares

सर्लाही। पेशागत महासंघ नेपालको सर्लाही जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ऋषिराम दंगालको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य लक्ष्मण पौडेलले गरेका थिए।

प्रशिक्षण कार्यक्रममा पेशागत महासंघ राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेशागत महासंघ नेपाल पेशाकर्मीहरूको हकहितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताए। उनले यतिबेला पेशागत आन्दोलनमा दक्षिणपन्थी अवसरवादको प्रभाव परेको र यस प्रवृत्तिबाट पेशागत आन्दोलनलाई जोगाउनु पर्ने धारणा राखे।

आन्दोलनभित्र तीन ‘अ’ (अवसरवाद, अराजकतावाद र अर्थवाद)को प्रवृत्ति र चुनौतीले पेशागत क्षेत्रमा प्रभाव पारिरहेकोले यसका विरुद्ध वैचारिक संघर्ष गर्दै ट्रेड युनियनलाई एकताबद्ध बनाउन लाग्नुपर्ने उनले बताए।

भेलाले राजा राम शाहको अध्यक्षतामा ३१ सदस्यीय पेशागत महासंघ नेपाल सर्लाही जिल्ला समिति, राम किशोर रायको अध्यक्षतामा १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन र मधुकर भण्डारीको अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सर्लाही गठन भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्