सेयर बजारमा निरन्तर गिरावट, १८ सयमा आइपुग्यो नेप्से

Share_Market
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। शेयर बजार परिसूचक नेप्से १८ सयको हाराहारीमा आइपुगेको छ। अघिल्लो पटक बजार १८८१ देखि बजारमा बुल देखिएको थियो। जसमा ३२ सय अंकसम्म उचालिएको बजार पुनः १८ सयकै लयमा आइपुगेको हो।

सोमबार ४९.३१ अंकले घटेको नेप्से १८८४.८१ अंकमा झरेर बजार बन्द भयो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले घटेर ३ सय ६६ अंकमा ओर्लियो। सोमबार कारोबार सुरु भएबाट बजारमा बिक्री चाप देखिँदा २ सय ३० कम्पनीको ६१ लाख कित्ता शेयर १ करोड ७५ लाख रुपैयाँमा कारोबार भएको छ।

बजार निरन्तर ओरालो लाग्दा सबै उपसमूहका सूचक राताम्मे बने। जहाँ ४ कम्पनीबाहेकका सबै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ। आँधीखोला जलविद्युत्, सिवासी लघुवित्त र ओरियन्टल होटलको शेयर मूल्य बढ्दा आँधीखोलाको भने मूल्यमा सकारात्मक सर्किट लागेको हो। बाँकी कम्पनीको भने न्यून अंकले मूल्य बढेको छ।

घट्नेमा भने कारोबारमा आएका ९० प्रतिशत कम्पनी छन्। जसमा तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका पावर र रिभरफल्स पावरको सर्किट लेबलमा शेयर मूल्य घट्न पुग्यो। बजार राताम्मे बन्दा प्रभु बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी कारोबार भएको छ। यसको ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्