मानसिक स्वास्थ्यका लागि योगाभ्यासको आवश्यकता छ : शिक्षामन्त्री

Debendra_Poudel
लोकपाटी न्यूज
7 Shares

भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

‘मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन,’ उनले भने, ‘प्रकृतिको साधन गर्न सक्दैनौं, त्यसैले योग महत्त्वपूर्ण हो।’ प्रकृतिले उपहार स्वरूप मानव जीवन दिएको बताउँदै प्राप्तिका लागि तँछाडमछाड गरी हिँडिरहेको बताए। उनले प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्त्वहरू उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए।

‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो। आज परिस्थिति बदलिएको छ। योग भनेको मानव जीवनसँगै लगेर जाने हो,’ उनले भने, ‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं। आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ। आत्मक समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन।’

मन, बचन र कर्ममा अनुभूति प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए। ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौं,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्