स्टेम सेन्टरका सेवाहरूमा १५ प्रतिशत छुट अफर

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टेम सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूलाई स्टेम सेन्टर बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरू प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल तथा ओप्थामोलोजिकल प्रडक्ट्समा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

सोही अवसरमा स्टेम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरू समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले स्टेम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्