हवाई भाडा पनि बढ्यो, कुन रुटमा कति वृद्धि ?

Airport
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा सञ्चालक संघले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं-धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ। काठमाडौं-धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन्।

यस्तै सबैभन्दा कम काठमाडौं-सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ। आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ। यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्