एनआईसी एशिया बैंकद्वारा ३० लाख बीमा रकम भुक्तानी

लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत ३० लाख बीमा रकम भुक्तानी गरेको छ। बैंकले घातक रोगको बीमा बापत ३ जना ग्राहकहरूलाई १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो।

बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खालेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खालेकी बिमला दाहाल रहेका छन्।

निज लाभदायीहरूलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्स सँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको जनाएको छ। बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत २ करोड १० लाख, दुर्घटना बीमा बापत ४० लाख र मेडिकल बीमा बापत २ करोड ६१ लाख गरी कुल ५ करोड ११ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्