पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण बारे जवाफ दिन पद्मा अर्यालको माग

Padma Aryal-11
लोकपाटी न्यूज
2 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पद्माकुमारी अर्यालले छोटो समयमा पटकपटक मूल्यवृद्धि गरिएको भन्दै यसको कारण संसदमा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

अर्यालले बोलेर सकेपछि एमाले सांसदहरू आफू बसेको ठाउँबाट उभिएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रूलिङ गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

गए राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अब पेट्रोल लिटरमै १९९ रूपैयाँ पुगेको छ । यसको नागरिक स्तरबाट पनि बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्