नयाँ दिल्ली। कांग्रेस नेता राहुल गान्धीमाथि आज पाँचौ पटक सोधपुछ हुँदैछ। प्रवर्तन निर्देशनालय (ईडी) ले पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ। गत साता सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो। नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।
कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँग उनलाई पनि बोलाइएको छ।अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ।