यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

mantri parisad
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेका हुन्। जसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने।

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ।

प्रवक्ता कार्कीले नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिए।

यसैगरी, प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए। प्रवक्ता कार्कीले सरकारले राष्ट्रिय समाचार समिति ९रासस० को रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय गरेको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्