ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग आवश्यक : गृहमन्त्री खाँण

लोकपाटी न्यूज
1 Shares

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग आवश्यक रहेको बताएका छन्। विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री खाँणले योगले मानिसको जीवनशैली परिवर्तन गर्नुका साथै मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्ने बताए।