विवाहको प्रलोभनमा पारेर बलात्कार, नगद र गहना पनि लुटे

Pakru_tamang
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। महिलालाई बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङ पक्राउ परेका हुन्।

गत जेठ २९ गते बेलुकी २४ वर्षीय महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। तामाङले पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका तामाङले बलात्कारपछि महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए।

पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएपछि यही असार ५ गते राति ११ बजे तामाङलाई कालिमाटीबाट पक्राउ गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्